नेपालमा लगानी भित्राउन एवं पर्यटन  प्रबर्द्धन गर्न नेपाली राजदूतबास टोकियोमा एसिया/अफ्रिका २० कार्यक्रम सम्पन्न

टोकियो 

नेपाली राजदूतबास टोकियोको आयोजनामा एसिया तथा अफ्रिकका विभिन्न देशका राजदूतहरु विच आर्थिक कूटनीति एवं नेपालमापर्यटन प्रबर्द्धन लागि टोकियोमा कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रमको उदेष्य सहित नेपालमा लगानीको सहि समय भएको भन्दै कार्यक्रममा जापानका लागि नेपाली कार्यवहाक राजदूत अम्बिकाजोशीले कोभिडका प्रोट्रोकलका कारण प्रत्यक्ष भेट हुन नसकेको भन्दै सबैलाई कार्यक्रममा स्वागत गर्न पाउदा खुशी लागेको बताउनु भयो। उहांले सहभागी सबैलाई नेपालमा लगानीका लागि आह्रवान गर्नु भएको थियो । 

जापानको राजधानी टोकियोमा राजदूतबास रहेका एसिया/अफ्रिकका कुटनिती मार्फत एकआपसमा परिचय बढाउदै लगानीकोअवशरहरुका बारेमा लगानी र पर्यटन क्षेत्रलाई टेवा पुर्याउन यो कार्यक्रम आयोजना गरिएको कार्यवहाक राजदूत अम्बिका जोशीलेबताउनु भयो । 

कार्यक्रममा एसिया र अफ्रिकाका गरी बिभिन्न ३५ देशका राजदूत, कूटनीतिज्ञ सहित जापानका पूर्व अर्थमन्त्री, जाईकका प्रतिनिधि, जापानका ब्यवसायीहरु, जापानमा रहेका नेपाली ब्यवसायी सहितको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । 

नेपाली दूतबास जापानका द्वितिय सचिव जित बहादुर कार्किले नेपालमा लगानीको अवशर र सम्भावनाका क्षेत्रहरुका बारेमा प्रस्तुतीप्रस्तुत गर्नु भएको थियो । कार्कीले नेपालले अलम्बन गरेको आर्थिक निती एवं लगानीको वातवरणका बारेको प्रस्तुती निकै प्रभावकारी रहेको थियो ।

कार्यक्रममा जाईकाका कानुनि सल्लाकार सुगिता सोईहेले जापानमा विदेश कामदारको माग र जापानमा कामदारका प्रकृतिहरुकोविस्तृत अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै नेपालले यसको मौका लिन सक्नु पर्ने बताउनु भयो ।

एसिया,अफ्रिका २० का मुख्य निर्देशक हिसाफूमी कोगाले आयोजनाका लागि नेपाली दूतबास टोकियोलाई धन्यबाद दिदै जापानकोसहयोगले एसिया अफ्रिकाको विकासमा टेवा पुग्ने विस्वास लिनु भयो । 

कोभिड १९ विचमा भौतिक रुपमा गरिएको कार्यक्रमको सहभागि देशका राजदूतहरुले यो कार्यक्रम नेपाल दूतबासको उत्कृष्ट कार्यक्रमभएको प्रतिक्रिया दिएका छन । 

कार्यक्रममा सहभागि सबै पाहुनालाई नेपालमा उत्पादन भएको सामानहरु उपहार स्वरुप प्रदान गरिएको थियो । 

ताजा समाचार