दुबईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेले पाए सफाई 

युएईको दुबईस्थित जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेले सफाई पाएका छन्। 

युएईका राजकुमार मोहम्मद बिन जायेद अल नह्यानले पाण्डेलाई माफी दिएपछि उनी जेलमुक्त हुन लागेका हुन्। आफूलाई सफाइको लागि पत्रकार पाण्डेले अदालतमा पुनरावेदन गरेका थिए। 

उनको पुनरावेदनअनुसार राजकुमार अल नह्यानले पाण्डेलाई माफी दिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। पत्रकार पाण्डेविरुद्धका सबै मुद्धामा उनले सफाइ पाएका हुन्।

फेसबुकमा अवुधावीस्थित नेपाली दूतावासको आलोचना गरेर स्टाटस लेखेका आधारमा पत्रकार पाण्डेलाई त्यहाँको प्रहरीले पक्राउ गरेको थियो। 

अबुधावीस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकाल र दूतावासका स्थानीय कर्मचारीको उजुरीका आधारमा पाण्डेलाई अबुधावी प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । 

राजदूत ढकालले दिएको निवेदनका आधारमा युएई प्रहरीको छानबिनपछि पत्रकार पाण्डेलाई त्यहाँको अदालतले पाण्डेको युएईमा भएको सम्पत्ति जफत गर्ने, फेसबुक अकाउन्ट बन्द गर्ने, तीन महिना जेल सजाय र २० हजार दिराम जरिवाना गरिने र युएईबाट निकाला गर्ने फैसला सुनाएको थियो । 

‘ती सबै मुद्दामा राजकुमारका तर्फबाट पत्रकार पाण्डेले सफाइ पाएका छन्,’ परराष्ट्र स्रोतले भन्यो।

ताजा समाचार