टिकट वितरणमा आर्थिक चलखेल भयो, कार्यकर्तामाथि न्याय भएन : शेखर कोइराला 

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा भएको टिकट वितरणमा कार्यकर्ताहरूप्रति समानरुपले न्याय  नभएको बताएका छन् । बुधबार विहान एक विज्ञप्ति जारी गर्दै उनले टिकट वितरणमा एउटा मापदण्ड बनाउँदा पार्टी कार्यकर्ताहरूमाथि अन्याय भएको बताए ।

टिकट वितरणलाई लिएर अहिले कार्यकर्ताको असन्तुष्टि देशभरबाट आइरहेको उनको भनाइ छ । ‘जीवनभर काँग्रेसको सिद्धान्त, मूल्य पद्धति र आदर्शप्रति समर्पित वरिष्ठ साथीहरु यतिखेर पार्टी छाडि अन्य पार्टीमा ओत लाग्न पुगेका छन् । कैयौँ साथीहरु स्वतन्त्र उमेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

कोइराला टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भएको सार्वजनिक भइरहेका भन्दै इमान्दार र निष्ठावान कार्यकर्ताहरूले पीडा भोग्नुपरेको बताए । आफुसँग असहमत भएकै कारण कैयन कार्यकर्ताको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएको उनको आरोप छ । 

ताजा समाचार