स्याङजा समाज जापानले टोकियोमा बिबिक्यु आयोजना गर्ने

टोकियो

जापानमा कृयशिल संस्था स्याङजा समाज जापानले आउँदो मे २२ मा वृहत बार्बिक्यु कार्यक्रम गर्ने भएको छ ।

कोविड-19 का कारण विगत वर्षदेखि ठुला कार्यक्रमहरु गर्न नसकेको र हाल कोरोना संक्रमणमा कमि आएको भन्दै कार्यक्रम गर्न लागेको आयोजकले वताएको छ । समाजका उपाध्यक्ष चित्र गुरुङको संयोजक र उपाध्यक्ष द्वय टम गुरुङ र दिपक नेउपाने सह-संयोजकहरु रहेर कार्यक्रम सफल बनाउन टास्कफोर्स टिम गठन गरेको छ ।

जापानको नेपाली समुदायमा धेरै समयपछि हुन् गईरहेको यो कार्यक्रममा सहभागी भएर सहयोग गरिदिनु हुन संयोजक गुरुङले अनुरोध गरेको छ । टोकियो र कानागावा केनको सिमानामा पर्ने तामा खोलाको किनारमा हुन लागेको कार्यक्रममा सम्पूर्ण उपस्थित सहभागीहरुलाई स्वस्थस्थिति चेक गरेर सेनिटाईजरिंग गरि ईन्ट्री गराउने समाजको अध्यक्ष धुर्व ज्ञवालीले जानकारी गराए ।

ताजा समाचार