टोकियो
जापान सरकारले जापानमा बसोबास गरिरहेका आफन्तहरुका लाग् छोटो समयको भ्रमण भिषा दिने निर्णय गरेको जापानिज संचार एजेन्सीहरुले जानकारी दिएका छन ।
जापान सरकारको निर्णय अनुसार आफन्तको बाबा, आमा दाजूभाई दिदि बहिनी सहित हजुर बुबा लगायतलाई जापान प्रवेश खुल्ला गरिएको छ । तर भ्रमणका लागि आउने पर्यटकहरुलाई भने यो नियम लागु नहुने बताईएको छ ।
लामो समय पछि पारिवारीलाई छोटो समयका लागि प्रदान गर्ने पर्यटक भिषा प्रदान गर्ने निर्णय सगै अब जापानले सबै खालको बन्देज हटाउदै लैजाने निति लिएको छ ।