टोकियो
राप्रपा निकट प्रवासी नेपाली संगठन (ओनो ) जापानको
अध्यक्षमा नविन चन्द चयन भएका छन ।
नेपाल हिन्दु राष्ट्र र राजसंस्था हुनु पर्ने मुख्य एजेण्ड सहित राप्रपा केन्द्रीय अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि राप्रपाको प्रवासकमिटिमा पनि मनोनित र कार्यसमिति निर्माणमा तिब्रता आएको छ ।
ओनो संरक्षक रघुदीप खड्काको उपस्थितिमा टोकियोमा सम्पन्न बैठकले नयॅा समितिलाई चयन गरेको हो । ओनो जापानको वरिष्ठ उपाध्यक्षमा सुशीलवीर जबरा, उपाध्यक्ष लक्ष्मण ढकाल, महासचिव खगेन्द्र चापागाईँ र सचिव आशीष भुजेल चयनभएका छन् भने विशाल विक्रम शाही, ललित ऐर, निराजन चन्द, राज चन्द र चिरञ्जीवी पाठक ओनो जापानको कार्यसमिति सदस्यमाचयन भएका छन ।
यसैगरी ओनो जापानको संरक्षक एवं सल्लाहकारमा रघुदीप खड्का एवं कलेन्द्रविक्रम शाही रहेका छन् ।
अध्यक्षको जिम्मेवारी प्राप्त गरेपछि अध्यक्ष चन्दले राप्रपामा भएको पुस्तान्तरण पछि राप्रपामा नयॅा जोश देखिएको बताउनु भयो ।
नयाँ नेतृत्वमा आएका राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको राष्ट्रिय राजनीतिमा अझै महत्त्वपूर्ण भूमिका हुने उनले बताए ।लिङ्देनले नेतृत्व लिएपछि देश तथा विदेशमा रहेका हजारौं राष्ट्रवादी नागरिकहरूमा उत्साह र आशा पलाएको ओनो जापानको दाबी गरेको छ ।