नेविसंघको अध्यक्षमा शेर्पा र तरुण दलमा गुरुङ मनोनित

काठमाडौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको युवा संगठन नेपाल तरुण दल र विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष नियुक्त गरेका छन् ।

उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार नेविसंघ केन्द्रीय तर्दथ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका हुन् ।

यस्तै तरुण दलको केन्द्रीय तर्दथ समितिको अध्यक्षमा विद्वान गुरुङलाई मनोनित गरेका हुन् ।

दुबै अध्यक्षलाई निर्वाचन पछि महाधिवेश गर्न भनिएको छ ।

ताजा समाचार