यूएईसँग ४८ रनले हार्‍यो नेपाल 

काठमाडौं

आईसीसी विश्वकप लिग टूमा नेपालले युएईसँग ४८ रनको हार ब्यहोरेको छ । १६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १२० रनमै अलआउट भयो ।

दुवई अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले फिल्डिङ गरेको नेपालको बलिङ प्रदर्शन उत्कृष्ट थियो । थोरै लक्ष्यमा पनि नेपाली ब्याटरहरुले संयमित प्रदर्शन गर्न सकेनन् ।

ब्याटिङतर्फ नेपालले ५ ओभरभित्र दुवै ओपनर गुमाइसकेको थियो । युएईका जुनियाद सिद्धकीले पाँचौं ओभरको पहिलो र चौथो बलमा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखलाई क्रमसः ११ र ७ रनमा आउट गरेका थिए । चौथो नम्बरमा आएका दीपेन्द्रसिंह ऐरीले पनि ४ रनमा रनआउटको शिकार बने ।

यसअघि युएईलाई सस्तैमा समेट्न नेपालका तीव्र बलरद्वय सोमपाल कामी र करण केसीले क्रमसः ४ र ३ विकेट लिएका थिए । सोमपालले शीषक्रमका तीन ब्याटरलाई सुरुवाती १० ओभरभित्रै आउट गरेपछि यूएई सुरुदेखि नै दवावमा थियो ।

सोमपालले चौथो ओभरमा ओपनर चिराग सुरीलाई ६ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर आसिफशेखबाट क्याच आउच गराए थिए भने ५.१ ओभरमा भृत्य अरविन्दलाई ३ रनको व्यक्तिगत स्कोरमा आसिफबाटै क्याचबउट गराए ।

ताजा समाचार