भुकम्प पछि जापानमा शुक्रबार र शनिबार हुने भारी बर्षाबाट सावधानी अपनाउन आग्रह

टोकियो

पश्चिम जापानमा शुक्रबार विहानबाट मौषममा आएको परिवर्तनसगै भारी बर्षा हुने अनुमान सहित जापानको मौषम विभागले सचेत रहन आग्रह गरेको छ ।

बुधबार राति तोहोकु क्षेत्रमा आएको ठुलो भुकम्प पछि विहिबार रातिबाट बर्षा शुरु भएको छ । मौषम विभागले भुकम्पले भत्काएको भवन, सडक एवं भौतिक क्षति पछि हुने भारी बर्षाले थप जिवन कष्टकर हुन सक्ने भन्दै सचेत रहन सूचना जारी गरेको एनएचके अनलाईले जनाएको छ । बर्षा पस्चिम जापानमा अत्यधिक हुने जनाएको छ भने बुधबार भुकम्पको केन्द्र रहेको तोहोकु क्षेत्रमा पनि शुक्रबार र शविहार भारी बर्षा सहित हिउ पर्ने अनुमान गरिएको छ ।

समाचारमा जनाईए अनुसार दक्षिण क्युस्सुमा १ सय ५० मिलिमिटर ओकिनावा क्षेत्रमा १ मिलिमिटर एवं भुकम्प गएको क्षेत्र तोहोकुमा ५० मिलिमिटर पानि पर्ने अनुमान गरिएको छ ।

ताजा समाचार