जापानको सबै भन्दा पुरानो सस्था थकाली सेवा समिति जापानको  १६ अधिवेशन सम्पन्नअध्यक्षमा पुन बुद्धी गौचन चयन 

टोकियो 

जापानमा क्रियाशिल जेठो सस्था थकाली सेवा समिती जापानको १६ औ अधिवेशनले पुन बुद्धी गौचनलाई तिन बर्षका लागि सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ ।

जापानमा अध्ययन र कामका लागि आएका थकालीहरुले सन १९९१ मा आधिकारीक शुरु गरेको थकाली सेवा समितीको नेतृत्वका लागि पनि नयॅा रेकर्ड बनाउदै अध्यक्ष बुद्धी गौचनले ११ औ अधिवेशनबाट सस्थाको निरंतरता नेतृत्व गर्दै आएका छन । गौचनले थकाली समितीलाई विगत १० बर्ष देखि सर्वसम्मत नेतृत्व गरिरहेका छन ।

आईतबार टोकियोमा सम्पन्न १६ औ अधिवेशनले गौचनको अध्यक्षमा ३० सदस्यिय कार्य समिति ११ सदस्यिय महिला विभाग र सात सदस्यिय सल्लाहकार समिति चयन भएको छ ।

निर्वाचित कार्यसमितिको वरिष्ट उपध्यक्षमा हेमन्त शेरचन, उपाध्यक्षमा दिपक भट्टचन, गिरी शेरचन, राजकुमार शेरचन महासचिवमा राजु शेरचन प्रवक्तामा जिन प्रसाद शेरचन, सचिवमा संजिव गौचन र अमल गौचन कोषध्यक्षमा अरुण भट्टचन सहकोषध्यक्षमा लेलिन भट्टचन, घनस्याम भट्टचन, जिवन भट्टचन, र श्रीमती यसोद गौचन सदस्यहरुमा कुमार शेरचन, नरेश गौचन, जित बहादुर गौचन, जयकार गौचन, कुमार शेरचन(कावासाकी) वकिल शेरचन, महेन्द्र कुमार शेरचन, खिम गौचन, उत्तम भट्टचन, श्रीमती अस्मिता गौचन, प्रेम शेरचन, रोविन शेरचन, नगेन्द्र गौचन, प्रमिला गौचन(डङगोल) सुरेन्द्र शेरचन रहेका छन । त्यसैगरी एघार सदस्य्य महिला विभागको संयोजकमा दीना गौचन उपसंयोजकमा हिरोमि गौचन सचिवमा यसोदा गौचन कोषध्यक्षमा कविता तुलाचन सदस्यहरुमा प्रेमिला गौचन(डङगोल)धन शेरचन(ओता) तारा शेरचन,चिजु भट्टचन,सोनि भट्टचन,बन्दना शेरचन, र श्रृजना भट्टचन रहेका छन । त्यसैगरी सल्लाहकारहरुमा विनोद शेरचन, प्रकाश तुलाचन, रविन शेरचन, जग्गु भट्टचन, विजय गौचन, गोविन्द तुलाचन, ववी गौचनलाई चयन गरिएको छ । समाजको मानर्थ सदस्यमा जापानिज नागरिक किमोहिको निजुकीलाई प्रदान गरिएरो अध्यक्ष गौचनले बताउनु भयो ।

जापानमा क्रियाशिल करिब एक सय सस्थाहरु मध्ये थकाली सेवा समिति जापान सरकारद्दारा दर्ता प्रमाण प्राप्तगरीसंचालन भईरहेको छभने आर्थिक रुपमा पनि थकाली सेवा समिती ब्यवस्थित भएको सस्थामा पर्ने गर्दछ ।

ताजा समाचार