टोकियो
जापानले नयॅा बर्षसगै बढेको कोरोना नियन्त्रणको लागि भन्दै विभिन्न प्रान्तहरुमा जारी अर्धआपतकाल अब १८ वटा प्रान्तहरुमा २१ मार्च सम्म लम्बाउने निर्णय गरेको छ ।
जापान सरकारले राजधानी टोकियो सहित साईतामा, चिबा, खानागावा, होक्काईदो, ओसाका,क्योतो,ह्योगो,खागावा, कुमामोतो,आईची,इसीकावा,गिफु,सिजुओका,गुन्मा, तोचिगी तथा आओमोरी गरी १८ वटा प्रान्तहरुमा लागेको अर्धआपतकाल २१ मार्च सम्म थप गरिने भएको हो ।
अहिले पनि टोकियोमा दैनिक १० हजार भन्दा माथि एवं जापान भरमा दैनिक ७० हजार भन्दा बढीमा कोरोना संक्रमण हुने गरेको एनएचकेले जनाएको छ ।