टोकियो
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद( एनआरएनए) जापानमा विगत ६ महिना देखि देखिएको विवाद समाधानका लागि एनआरएनए उच्च स्तरीय समितिका सदस्य भवन भट्टको समयोजकत्वमा ६ सदस्यीय विवाद समाधान समिति गठन गरिएको छ ।
एनआरएन अभियानमा जापानबाट आईसिसि अध्यक्षमा दुई जना सहित बिग फोर देश मध्येको एक जापानमा ०२१- ०२३ को कार्यसमिति निर्वाचन पछि विवाद बढेर जादा अहिले दुईवटा कार्यसमिति क्रियासिल रहेको छ ।
शनिबार जापानमा भएको एनआरएनए आइसीसीका सदस्य, एनआरएनए जापानका पूर्व अध्यक्ष, राजनीतिक संगठनका प्रतिनिधि, एनआरएनए जापानको अध्यक्ष मण्डलका सदस्य तथा जापानको नेपाली समुदायमा सक्रिय विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सम्मिलित भेलाले एनआरएनए जापानमा पछिल्लो समय देखा परेको समस्या समाधानका लागि देवमान हिराचन, एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङग, एनआरएनए विधान संशोधन मस्यौदा समितिका सदस्य भूषण घिमिरे, एनआरएनए जापानका पूर्व अध्यक्ष रोशन केसी र सुदन थापालाई जिम्मा दिएको छ ।
समितिका संयोजक भवन भट्टले निपष्क्ष न्यूजसग कुरा गर्दै विस्वासिलो र सबै अटने एनआरएन जापान बनाउन सबैको सहयोगमा वर्तमान समस्याको समाधान गर्न प्रयास गरिने बताउनु भयो ।
समस्या समाधान समितिले आईतबारबाट सबै पक्षसग प्रत्यक्ष छलफल गर्ने जानकारी दिएको छ ।