म्याग्दी शिख-घारका चमान सिह पाईजा सदाका लागि जापानमा नै अस्ताए

टोकियो

सुन्दर सपना सजाएर २१ बर्ष अघि म्याग्दीको शिखबाट जापान आएका चमानसिह पाईजाको ४९ बर्षको उम्मेरमा जापानको आईचि केनको टोयोटामा निधन भएको छ ।

लामो समय जापान बसेका पाईजा टोयोटा स्थित कोठामा अचनक बेहोस भई उपचारका लैगि हस्पिटल लगिएकोमा डाक्टरले राईजालाई मृत घोषित गरेका थिए ।

केहि समय अघिबाट सुगरको औषधि सेवन गरेका पाईजाको मृत्यू मुटुमा आएको समस्याका कारण भएको जापान प्रहरीले जानकारी दिएको म्याग्दी संजाल, जापान (मोना) अध्यक्ष सचिन श्रेष्ठले निपष्क्ष न्यूजलाई बताउनु भयो ।

लामो समय टोयोटामा रहेको जापानिज कम्पनीमा कार्यरत पाईजाको मृत्यू पछिको अन्तिम सस्कार जापानमा भए, चाहिने रकम पाईजा कार्यरत कम्पनीले नै ब्यवस्था गर्ने जानकारी दिएको मोना जापानले बताएको छ । मोना जापानका अध्यक्ष सचिन श्रेष्ठ र महासचिव गणेश श्रेष्ठले सोमबार एक समावेदन विज्ञप्ती जारी गर्दै शोक ब्यक्त गरेको छन ।

मृतक पाईजाको श्रीमती सहित छोरी हाल काठमान्डौमा बसोबास गर्ने बताईएको छ ।

ताजा समाचार