बालकोटमा ओलीलाई भेटे तर केहि नबोली हिडे देउवा

काठमान्डौ

गठबन्धनको बैठक पछि श्रीमती सहित प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटन बालकोट पुगेका देउवाको भेट सकिएको छ ।

भेटमा के कुराकानी भयो भन्ने विषयमा कोहि पनि बोल्न चाहेनन् ।

गठबन्धन बैठकमा एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमती जुट्न नसकेपछी प्रधानमन्त्री देउवा ओलीलाई भेट्न पत्नी आरजुलाई लिएर बालकोट पुगेका हुन् ।

गठबन्धनको बैठकमा देउवाले अमेरिकाले दिएको समयसिमाभित्र एमसीसी संसदबाट पास गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर, नेकपा माओवादी र एकीकृत समाजवादीका नेताहरु यसमा सहमत भएनन् ।

बैठक विनानिस्कर्ष सकिएको अनुमान गरिएको छ ।

ताजा समाचार