जापानको फुकुओकामा हत्या भएका सुजन बर्सिलाको अभियुक्त रहेको दावी सहित प्रहरीद्वारा दुई नेपाली युवा विरुद्ध अदालत प्रकृया शुरु

टोकियो

जापानको फुकुओकामा हत्या भएका नेपाली विद्यार्थी सुजन बर्सिलाको हत्याको अनुसन्धन सकेर जापान प्रहरीले दोषी दावि गर्दै दुई नेपाली युवालाई अदालत पेश गरेको छ ।

नयॅा बर्षको पहिलो हप्ता बर्सिलाको कोठामा रमाईलो गरिरहेका तिन जनामा नेपाली युवाहरु मध्ये एउटै कोठामा बस्ने ढकाल प्रशान्तलाई मुख्य अभियुक्त एवं दर्लामी मगर दिलिपलाई हत्याको लागि सहयोग गरेको आरोप लगाएको छ । दुबै आरोपी युवालाई कानुन अनुसार सजयको दावि गर्दै अदालतमा पेश गरेको जानकारी बर्सिलाको पारिवारिक श्रोतले निपष्क्ष न्यूजलाई जानकारी दिएको छ ।

बुधबार फुकुओका प्रहरी कार्यलयले परिवारलाई दिएको जानकारी अनुसार सुजनको मृत्यू श्वास प्रश्वासमा समस्या भएका कारणले मृत्यू भएको पोष्टमार्टम रिपोटमा उल्लेख गरिएको थियो भने सुजनको धाटीमा रहेको डोरीमा दुबै ढकाल र दर्लामी मगरको हातको छाप रहेको बताईएको थियो ।

प्रहरीले दुबै आरोपीलाई सोधपुछ गर्दा एकले अर्कालाई हत्या गरेका आरोप लगाउने गरेको भएपनि पछिल्लो प्रमाणहरुको आधारमा ढकाल नै सुजनको हत्या गरेको दावी सहित जापान प्रहरीले ढकाल प्रशान्तलाई सुजनको मुख्य अभियुक्त दावी गर्दै अदालतमा पेश गरेको सुजन बर्सिला आफन्त माधव सिग्देलले बताउनु भयो ।

जापान प्रहरीले लामो समय लगाएर गरेको सोधपुछ र अनुसन्धन पछि प्रहरीले दुबै नेपाली युवालाई सुजनको हत्यामा सलग्न भएको तर नियोजित हत्याको योजना नदेखिएको पनि बताएको छ । दुबै आरोपी युवाको बाकि सजय अदालतको आदेश अनुसार हुने बताईएको छ ।

सुजन बर्सिलाको परिवारलाई आर्थिक सहयोग

गोरखा नगरपालिका वडा नम्बर १३ देउरालीका बासिन्दा सुजन बर्सिलाको परिवारलाई गोरखा समाज जापानको नेतृत्वमा संकलन भएको १० लाख ४९ हजार ५ सय २९ रुपैया हस्तान्तरण गरिएको छ ।

जापानमा रहेको बिभिन्न नेपाली संघ संस्था तथा सहयोगिहरुबाट प्रात रकम संकलन गरेर बर्सिलाका पिता शिवहरि बर्सिलालाई घरमै पुगेर गोर्खा नगरपालिकाका मेयर राजनराज पन्तको उपस्थितीमा हस्तान्तरण गरिएको हो ।

ताजा समाचार