टोकियो
अन्तत जापानले नव प्रवेशी विदेशीहरुलाई जापान आउन दिने भएको छ ।
जापान सरकारले विद्यार्थी, प्रशिक्षार्थी कामदार र व्यवसायीक उदेश्यले जापानमा सहज प्रवेश दिने सूचना जारी गर्दै, मार्च १ बाट जापान प्रवेश खुलाउने भएको हो ।
कोभिड संक्रमण देखिएसंग जापानले सम्पुर्ण नव प्रवेशीहरुलाई जापान प्रवेश प्रतिबन्ध गर्ने निणर्य गरेको थियो ।
मार्च महिनाबाट नवप्रवेशीहरुलाई यात्रा सहज बनाउने सरकारी निकायहरुले पनि अनौपचारिकरुपमा संकेत गरिरहेको समयमा शनिबारको जापानको आर्थिक दैनिक निक्केईले एक सामग्री प्रकाशन गरि, मार्च १ बाट दैनिक १ हजार जनाभन्दा बढीको दरमा नव प्रवेशीहरुलाई जापान प्रवेश दिने तयारी भएको खबर प्रकाशन गरेको छ ।
निकै लामो समय सम्म सिमा नखोलेको जापानलाई अमेरीका सहित यूरोपियन यूनियनले प्रतिबन्ध नबढाउन चौतर्फी आग्रह तथा दवाव दिएको थियो ।