टोकियो
शनिबार टोकियोको शुरुवाति आकडालाई हेरेर भन्ने हो भने, कोरोनाको तेश्रो लहर जापानमा सुनामीको आकार लिन सक्ने अनुमान गर्न सकिने भएको छ ।
जापान सहित टोकियोमा जनवरीको पहिलो दिनबाटै नै शसक्त उपस्थिती देखाएको कोरोनाले शनिबार सम्म आईपुग्दा सुनामीको रुप लिएको अनुमान गर्न सकिन्छ ।
टोकियोमा शनिबार ११ हजार २ सय २७ मा कम्तिमा पनि कोरोना पुष्टी भएको छ । यो सख्या अन्तिम आकडा आउने ९ बजे सम्म आईपुग्दा अझ बढ्ने निश्चित नै छ ।
कोरोना नियन्त्रण गर्न भन्दै जापान सरकारले शुक्रबारबाट नै टोकियोमा अर्ध-आपतकाल लगाएको भएपनि शनिबारक आकडा हेर्दा कोरोना संक्रमण समूदाय सम्म नै पुगेको देखिन्छ ।