टोकियो
नयॅा बर्षको शुरुवातसगै जापानमा कोरोना सक्रमण थपिने क्रम नरोकिएको भन्दै जापान सरकारले थप १३ प्रान्तमा अर्ध-आपतकाल लागु गर्ने निर्णयसगै जापानभर १६ प्रान्तमा लागु हुने भएको छ ।
शुक्रबार (आज) बाट थप १३ प्रान्तमा अर्ध-आपतकाल लागु हुनेछ । आजबाट लागुहुने अर्ध-आपतकाल टोकियो सहित टोकियोसग जोडिएको सबै प्रान्त साईतामा, गुन्मा, चिवा, खानागावा, आईचि,गिफु निगाता, मियाजाकि नागासाकि,खावागा र कुनामोतो प्रान्त रहेको छ । यि प्रान्तहरुमा अधिकंतम राति ९ बजे सम्म सेवाहरु दिन सकिने नियम कायम हुनेछन ।
त्यसैगरी ओसाका, ह्योगो, सिजुओका र क्योतोमा पनि अर्धआपतकाल लगाउन केन्द्र सरकारलाई सिफारीस गरिने भएको छ ।
अर्ध-आपतकाल र नेपाली समुदाय
जापान सरकारले कोरोना शुरु भएपछि समय/समयमा आपतकाल लगाएको अनुभव जापानमा रहेका सबै नेपालीहरुलाई रहेको छ । तुलात्मक रुपमा अर्धआपतकालले नेपाली व्यावसायीहरुलाई निकै लाभ पुर्याएको ब्यवसायीले नै बताएका छन । तर पनि तथ्याङकले भने नेपाली रेष्टुरेन्ट आश्रित कामदारहरुमा तलबमा भने कम हुन गएको अधिकांस कामदारको अनुभव रहेको छ।
यसैगरी डिपेन्डेन्ट भिषा वाहक र विद्यार्धीहरुमा पनि कामको समस्या रहने गरेको छ । सिमित समय कामको अनुमति भएका डिपेन्डेन्टहरुमा काम भएपनि समय घटने एवं कोरोना संक्रमणको जोखिम पनि उच्च हुने अनुभव रहेको बताउ छन ।