टोकियो
जापानमा दिन प्रतिदिन कोरोना संक्रमण बढ्दो छ ।
विहिबार मात्रै टोकियो महानगर भित्र ८६३८ जनामा कोरोना पुष्टी भएको छ ।
विहिबार टोकियो महानगरले जारी गरेको आकडा अनुसार विहिबार सबै उमेर समुहमा कोरोना संक्रमण भएको एनएचकेले जानकारी दिएको छ । विहिबार १० बर्षको बालक देखि १ सय बर्षको बृद्ध सम्ममा कोरोना पुष्टी भएको हो ।
टोकियोमा पछिल्लो हप्ता भन्दा ३:६ अनुपातमा टोकियोमा कोरोना संक्रमण फैलिएको जानकारी दिएको छ ।