टोकियो
नयॅा बर्षको पहिलो हप्ताबाट नै कोरोना संक्रमणमा अत्याधिक वृद्धी भएसगै जापान सरकारले जापानको तिन प्रान्तहरुमा तत्कालै अर्ध आपतकाल लगाउने सक्ने बताईएको छ ।
बुधबार मात्रै ओकिनावामा ६ सय भन्दा बढीमा कोरोना देखिएको थियो । त्यसैगरी यामागुची र हिरोशिमा प्रान्तिय सरकारहरुले पनि कोरोना नियन्त्रण गर्न अर्ध आपतकाल लागु गर्नका लागि केन्द्र सरकारलाई अनुरोध गरेका छन ।
बुधबार एकैदिन जापानका अधिकास प्रान्तहरुमा आकलन गरे भन्दा बढीमा कोरोना देखिएपछि स्थानिय सरकारले रोकथामका लागि केन्द्र सरकारलाई अर्ध आपतकाल लागु गराउन अनुरोध गर्ने बताएका थिए ।
बुधबार मात्रै जापानमा २६ सय ३८ जनामा भन्दा बढीमा कोरोना संक्रमण देखिएको थियो ।