टोकियो
नयां बर्षको तेश्रो दिन सोमबार टोकियो र ओकिनावामा कोरोना सक्रमितको सख्या एक सय भन्दा बढी रहेको एनएचकेले जानकारी दिएको छ ।
टोकियोमा एकैदिन १०३ जनामा संक्रमण पुष्टि भएको दिन ओकिनावामा १ सय ३० जनामा सक्रमण पुष्टी भएको छ । यो सन २०२१ को अक्टोबार ८ तारिख यताकै एकैदिन पुष्टि भएको धेरै संक्रमण संख्या हो ।टोकियोमा कोरोना संक्रमण अघिल्लो साताको सोमबारको तुलनमा झण्डै ३ गुणा वृद्धि भएको छ ।
पछिल्लो समय जापानका अधिकास प्रान्तहरुमा कोरोना बढेको छभने ओमिक्रोन पुष्टी हुनेको सख्यामा पनि वृद्धी भएको छ ।