टोकियो
जापानको राजधानी टोकियोमा आज नयाँवर्षको दिन मोची( एक विशेष चामलको मिठाई) घाँटीमा अड्किएर २ जनाको निधन भएको छ भने कम्तीमा ४ जना उपचारका लागि अस्पताल भर्ना भएको समाचार छ ।
जापानि संचार एजेन्सी एनएचकेले जनाए अनुसार,मोची अड्किएर अस्पताल भर्ना भएका ६ जना मध्येको निधन भएको हो । जापानमा नयाँवर्षको दिन मोची खाने परम्परा रहेको छ । मोची खाएमा आयु लामो हुने तथा नयाँवर्ष सुखद हुने जनविश्वास रहेपनि चामलबाट बनेको मोची खाँदा हरेक वर्ष थुप्रै वृद्ध/वृद्धाहरुले ज्यान गुमाउने गरेका छन् ।