टोकियो
डिसेम्बर २८ मा काठमान्डौबाट नारिता जापान आउने २९ तारिख नारिताबाट काठमान्डौ जाने नेपाल एयरलाईन्सको यात्रा विमानमा प्राविधिक समस्या आएपछि अन्तिम समयमा उडन रोकिएको छ ।
नेपाल एयरलाईन्सले काठमान्डौ- नारिता हप्तामा एउटा उडान गर्दै आईरहेको थियो ।प्रत्येक हप्ताको मंगलबार नेपालबाट नारिता आउने र बुधबार विहान नारिताबाट काठमान्डौ उडान भर्ने तालिका रहेको नेपाल एयरलाईन्सको जाहाज यो हप्ता काठमान्डौबाट नारिता उडनका लागि तयारी अवस्थामा आएर फ्लाईटस क्यान्सिल भएको सूचना जारि गरेको हो । यो उडानमा पनि १ यस भन्दा बढी यात्रु जापान आउने तयारी गरेको बुझिएको छ ।