नयॅा बर्षको आगमनसगै टोकियोमा ‘टोकियो कविता कन्सर्ट’ आयोजना हुने


टोकियो

नयाँ वर्ष २०२२ स्वागत तथा नेपाली राष्ट्रिय पोशाक दिवस जनवरी १ को अवसर पारेर अनेसास जापानको आयोजनामा “टोकियो कविता कन्सर्ट २०२२” तथा ६१ औँ नियमित साहित्य शृङ्खलाको सम्पूर्ण तयरी पुरा भएको छ ।

जनवरी १ तारिख बिहान ११ बजेदेखि टोकियो सिनओकुबोस्थित सोलमारी मुरा हलमा हुने कार्यक्रममा संस्थाले विभिन्न समिति तथा उप-समिति निर्माण गरी तयारीलाई अन्तिम चरणमा पुराएको हो। कार्यक्रमलाई जापानमा व्यवसाय गरिरहेका व्यावसायिक तथा केहीसामाजिक संस्थाहरूको सहकार्यमा हुन लागेको अनेसास जापानका अध्यक्ष रविन शर्माले जानकारी दिए । यसपालि हामीले जापानमैपहिलो पटक फरक अनुभूति गराउने गरी तयारी गरेका छौँ। हाम्रा ५ विशिष्ट कविका साथमा पृष्ठभूमिमा सारङ्गी र बाँसुरीको धुनकोपनि मज्जा लिनेछौँ। यसको सबै तयारी पूरा भैसकेको उनले बताए । 

कविता कन्सर्टमा संभव भएसम्म हाम्रा पहिचान झल्किने पोशाक सहित उपस्थित अनुरोध गरिएको छ। कार्यक्रममा सहभागिता जनाउनकुनै शुल्क नलाग्ने र नेपाली साहित्यमा रुचि राख्ने जो कोहीले पनि सहजै प्रवेश पाउने जानकारी महासचिव शरद पोख्रेलले दिएका छन्।

अनेसास नेपाली भाषा र साहित्यका लागि देश सहित विदेश विभिन्न देशहरुमा सक्रिय रहेको छ ।

ताजा समाचार