बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौँ

भारत र अमेरिकाका र बेलायतका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएको छ

सोमबार तीनैजना राजदूतमाथि सुनुवाइ भएपछि सर्वसम्मतले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

समितिले ज्ञानचन्द्र आचार्यलाई बेलायत, डा. शंकर शर्मालाई भारत र श्रीधर खत्रीलाई अमेरिकाका लागि अनुमोदन गरेको हो ।

संसदीय समितिले अनुमोदन गरेपछि अब राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतहरूको नियुक्ति गर्ने कानुनी व्यवस्था छ ।

ताजा समाचार