चितवन
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
मत गणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले सुरुदेखि ठूलो मतान्तरसहित नै अग्रता लिएका छन् ।
निर्वाचन समितिले दिएको पछिल्लो जानकारीअनुसार ओलीले ९९६ मत पाउँदा अर्का प्रत्यासी भीम रावलले १११ मत पाएका छन् ।
चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुन नसकेपछि मंगलबार बिहान विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो ।
निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले अहिले सबै पदको गणना भइरहेको र साढे ३ बजेसम्म एकैपटक सबै नतिजा सार्वजनिक गरिने बताए । नवनिर्वाचित सदस्यहरूको सपथग्रहण ४ बजे तोकिएको छ ।