अनेसास जापानको अध्यक्षमा पर्वतका रविन शर्मा चयन

टोकियो

साहित्य र श्रृजनाको माध्यमबाट देश र साहित्यलाई टेवा दिने उदेष्य सहित संसारभर क्रियाशिल साहित्यकारहरुको सस्था अन्तराष्ट्रिय साहित्य समाज, जापानको अध्यक्षमा रविन शर्मा सर्वसम्मत चयन भएका छन ।

आईतबार जापानको टकियोमा सम्पन्न १२ औ अधिवेशनबाट शर्मा सहित १७ सदस्यिय कार्यसमिति चयन भएको हो । निर्वाचित कार्यसमितिको वरिष्ट उपाध्यक्षमा अरुण पौडेल उपाध्यक्षमा सविना रेग्मि, आनन्द अधिकारी महासचिवमा शरद पोख्रेल, कोषध्यक्षमा दीपा धिमिरे सचिवमा राजेन्द्र पौडेल र अनिल कुमार निर्दोषी सहसचिवमा प्रकृती फूयांल एवं सदस्यहरुमा केवि पारखी,बलराम उपाध्याय,मिनराज बास्तोला, सजिना मोक्तान,मज्जु गिरी वन,बिन्दु ढकाल,बिशु भन्डारी,नारायण पोख्रेल र मनोज मौषम केसी चयन भएका छन ।

नेपाली दूतबास जापानका तृतीय सचिव प्रेम बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उदधाटन शत्रमा अनेसास जापानका पूर्व अध्यक्षहरु जापानमा क्रियासिल विभिन्न सस्थाका अध्यक्षहरु एवं अनेसास अन्तराष्ट्रियका अध्यक्ष प्रकाश पौडेल माईलाको पनि उपस्थिती रहेको थियो ।

नवनिर्वाचित कार्यसमिति घोषण हुनु अधि करिव ३० भन्दा बढी सर्जकहरुले आफ्ना वाचन गरेका थिए ।

कार्यक्रम अनेसास जापानका अध्यक्ष गिरीजा गैरेको सभापतित्वमा सम्पन्न भएको थियो ।

ताजा समाचार