बन्द सत्र सुरु गर्ने तयारीपछि सुरक्षा सतर्कता बढाइयो, ओलीसँगको छलफलपछि बाहिरिए नेताहरु

चितवन

 निर्धारित समयभन्दा १० घण्टा ढिलो गरी एमालेको १०औं महाधिवेशनको बन्द सत्र सुरु हुन लागेको छ । बिहान १० बजे बोलाइएपनि पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाममा सहमति हुन नसकेपछि साँझ ७ बजेका लागि बोलाइएको थियो । ७ बजे पनि ढिलो भएपछि १ घण्टा पछि सारेर ८ बजेका लागि बन्द सत्र बोलाइएको थियो ।

अहिले बन्दसत्र स्थल होटल सेभेन स्टार प्रतिनिधिहरुको चहलपहल बढेको छ । सुरक्षा चेकजाँच गरेर प्रतिनिधिहरुलाई बन्द सत्र हलभित्र प्रवेश गर्न थालेका छन् ।

प्रतिनिधिहरु बन्दसत्र सञ्चालन हुने हलमा भेला हुन थालेपछि बाहिर सुरक्षा सतर्कता बढाइएको छ ।

पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावाली मिलाउनका लागि अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा बसेका निकट नेताहरु नामावलीमा सहमति गरेर बाहिरिएका छन् ।नेताहरुले ३०१ जना केन्द्रीय सदस्यहरुको सूची तयार गरेर अध्यक्ष ओलीलाई दिएका थिए ।

ओलीसँग छलफलपछि नेताहरु विष्णु पौडेल, इश्वर पोखरेल, शंखर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ होटल सफारीबाट बाहिर निस्किएर बन्दसत्र स्थल सेभेन स्टार होटलतर्फ लागेका छन् ।

छलफलपछि बाहिरिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने,’ विभिन्न लेयरमा बसेर नेताहरुले छलफल गर्नु भएको छ । सबै विवाद टुंगियो होला । ‘

ताजा समाचार