टोकियो
नेपाली काग्रेसको पहिचान बनेको लोकतान्त्रिक अभियानलाई फराकिलो पार्न जापानमा पनि नेपाली काग्रेससग विचार र सगठितभएकायुवाहरुले पारदर्शि र लोकतान्त्रीक वतावरण बनाउन माग गर्दै आईतबार अनलाईन भेला बोलाएका छन ।
संगठित क्रियासिल सदस्य वितरणमा पारदर्शि नभएको एवं केहि नेतालाई पद दिलाउन गोप्य सदस्य दिने काम भएको भन्दै त्यसकोखबरदारी गर्नभेला बोलाईएको दावी गरिएको छ ।
यसबारेमा जनसम्पर्क समिति जापानका सभापति रोशन केसीले क्रियासिल सदस्यताको टुङगो लागेपछि जापानमा अधिवेशनको मिति घोषण गरिने बताउदै संगठन भित्र सल्लाह, छलफल र भेला हुने विषय कुनै समस्या नहुने बताउनु भयो ।
आईतबार भेला बोलाउनु परेको बारेमा जानकारी दिन जारी प्रेशविज्ञप्ती ।
प्रेस विज्ञप्ति
जय नेपाल
नेपाली कांग्रेसको १४ महाधिवेशनको सन्दर्भमा जन सम्पर्क समिति जापानले निर्वाह गर्नु पर्ने भूमिका र दायीत्वका विषयमा केही असमानजस्यताहरूलाई व्यवस्थापन गर्न हामीले गरेका प्रयत्नहरू र कार्यक्रमको जानकारी आम जनता र पार्टीका नेता कार्यकर्ता एवं सुभेच्छुकहरूलाई दिनु हाम्रो कर्तव्य सम्झिएर यस प्रेस विज्ञप्ति निकालेका हौं।
नेपाली काग्रेसको आसन्न १४धौं अधिवेशनको भव्य तयारी भैरहेको सन्दर्भमा जन-संपर्क समिति जापानबाट पठाउनु पर्ने क्रियाशिल सदस्यताको शिफारिस एवं महाधिवेशन प्रतिनिधिको छनौट जस्तो गहन कार्यमा पार्टीको निर्देशन र जन-संपर्क समिति जापानको विधान विपरित आम कार्यकर्तालाई कुनै जानकारी नै नदिई षडयन्त्रमुलक र अत्यन्तै लज्जाजनक तरीकाले क्रियाशील सदस्यताको शिफारिस गरिएको छ साथै पैसाको मोलतोलमा महाधिवेशन प्रतिनिधिहरूको छनौट गरि पठाउने प्रपन्च भैरहेको छ। जसस जापानका क्षेत्रीय अधिवेशन तथा राष्ट्रिय महाअधिवेशनको कुनै कार्यक्रमनै नगरि यस्तो अपारदर्शी र अलोकतान्त्रिक हरकतले जापान स्थित नेपाली समाजमा नेपाली कांग्रेसको गरिमामा नै आँच ल्याउने काम भएको हामीले महशुस गरेका छौं।हामी जसस जापान कार्यसमितिका तपशिलका पदाधिकारी सदस्यहरूका साथै संगठनमा आवद्ध सयौं साथीहरूले यस्तो पार्टीको निर्देशन विपरित र समितिको विधान विपरित केही व्यक्तिहरुको ईशारा र स्वार्थमा गरिएको हालको जसस जापानका गतिविधिहरू र निर्णय प्रति घोर-आपत्ति,असहमति तथा भत्सर्ना गर्दछौं।
हाल जापानमा करीब एक लाख नेपालीहरू बसोवास गर्दछन, जसमा अधिकांश युवाहरू छन । नेपालको पूर्व मेची देखि पश्चिम महाकाली, तराई देखि पहाड हिमालसम्मका मानिसहरु जापानमा बसोबास गर्दछन । यहाको संगठनले नेपाल देश भित्र धेरै ठुलो र धेरै प्रकारका सहयोग र प्रचारप्रसार हुन सक्छ । त्यसैले नेपाली कांग्रेस पार्टीले यस्तो परिस्थितिको गहिरो अध्ययन गरेर महाधिवेशन प्रतिनिधिमा पनि सवै क्षेत्रका जनताको सहभागिता हुन सक्ने व्यवस्था गर्नु अत्यावस्यक छ। तर गाोला तानेर वनेको हालको जन-संपर्क समिति जापान नाममा मात्र सिमित छ।संगठनलाई शिथिल पारिएको छ। क्षेत्रीय समितिहरू संग कुनै सारथक सम्वन्ध र कार्यक्रम गरिएको छैन।जसस जापानलाई माथी उल्लेखित कुराहरुमा कुनै चिन्ता र चासो देखिदैन र संगठनलाई विलकुलै निष्क्रिय वनाएर राखिएको छ। संगठनको विधि विधान र आधारभुत प्रक्रियाहरूको पनि पालना गरिएको छैन।केवल साजिस र षडयन्त्रवाट पैसाका भरमा संगठन कव्जा गरिएको छ जुन दुर्भाग्यपूर्ण ठान्दछौं ।
कांग्रेस पार्टीको क्रियासिल सदस्य वनेका र पार्टीमा योगदान दिएका हरेक व्यक्तिलाई पार्टीका निकायहरूका निर्वाचनहरूमा सहभागी हुने,नेतृत्व चयन गर्ने वा नेत्रित्व गर्न प्रतिस्पर्दा गर्न पाउने हाम्रो नैसर्गिक हकलाई समेत षडयन्त्रमुलक ढंगले खोसिएको छ । आज जापानमा रहेका नेपाली कांग्रेस समर्पित आम कार्यकर्तालाई थाहा खवर केही नगरी साजिसपुर्ण ढंगले कार्यसमितिको तथाकथित वैठक वोलाई कुनै छानविन नै नगरि जबर्जस्ती किसिमले आफुले वनाएका नाम लिस्टका व्यक्तिहरूलाई समावेश गरी क्रियाशील सदस्यताको सिफारीस गर्ने र महाधिवेशन प्रतिनिधिको छनौटमा तथाकथित सहमतिका नाममा केही निहित स्वार्थ बोकेका गुट र समुह मिलेर पैसाको लेनदेनका आधारमा छनौट हुदै गरेको भन्ने बुझिएको छ ।यस्तो अवस्थावाट संगठनलाई वचाउनु हरेक ईमान्दार कार्यकर्ताको परम दायीत्व हो भन्ने कुरामा हामी सचेत छौ।यस्तो अवस्थालाई हामी परिवर्तन गर्न अपरिहार्य ठान्दछौं। हामी संगठनलाई नेपाली कांग्रेस को आदर्श र सिद्धान्त तथा जससको विधान अनुसार एउटा स्वच्छ छवी सहितको जापानवासी प्रजातंत्र प्रेमी जनता को लोकप्रिय सस्थाको रूपमा विकसित गर्न गराउन चाहान्छौं।
नेपाली कांग्रेसको आदर्श, सिध्दान्त र मुल्य-मान्यताको जगेर्ना गर्न र आम काँग्रेसका कार्यकर्ता र शुभचिन्तकको भावनाको कदर गर्दै निम्न लिखित तीन मागहरू राखी नेपाली कांग्रेसका सभापति लाई पत्र पठाईएको व्यहोरा पनि जानकारी गराउन चाहानछौं।
१) विना छानविन शिफारिस गरिएका क्रियाशील सदस्यताका फारमको छानविन गर्न उच्च सतरिय छानविन समितिको गठन गरियोस।
२) आउदै गरेको नेपाली कांग्रेस को १४धौं महाधिवेशनका प्रतिनिधिहरूको निर्वाचन र जसस जापानको क्षेत्रीय तथा राष्ट्रीय अधिवेशनको तत्काल आयोजना गर्न एउटा अधिवेशन तयारी समिति को गठन गरियोस ।
३)संगठनलाई यस्तो अस्तव्यस्त पार्ने र पार्टीको निर्देशन र संगठनको विधि-विधानलाई समेत पालना गर्न असमर्थ वर्तमान जसस जापान को कार्य समितिलाई तुरून्त भंग गरियोस।
अन्तमा,हाल भइरहेका सबै प्रकारका जसस जापान ले गरेका बिधिबिधान बिपरित का कार्यहरुको बिरोध गर्न र बर्तमान अबस्थाको उचित समाधानको बाटोको बिषयमा छलफल गर्न बृहद कार्यकर्ता भेला को आयोजना ( नोभेम्बेर २८ ) राखिएको व्यहोरा पनि सम्वन्धित सवैमा जानकारी गराउन चाहन्छौं। धन्यवाद !!! जय नेपाल!!!
जसस जापान केन्द्रीय/क्षेत्रीय समितिका पदाधिकारि तथा सदस्यहरू
१.सुजन जोशी उपसभापति जसस जापान
२. बद्रि पौडेल उपसभापति जसस जापान
३. सावित्री तामाङ्ग कोषाध्यक्ष जसस जापान
४. दिपक मगर सह कोषाध्यक्ष जसस जापान
५.लिल गुरुङ जसस केन्द्रिय सदस्य
६.किरण थापा मगर जसस केन्द्रिय सदस्य
७. कुशलराज धिताल क्षेत्रीय सभापति नागोया
८. ढिका कार्की क्षेत्रीय सभापति, फ़ुकुओक, क्युशु
मिति २७ नोभेम्वर २०२१ टोकियो