सुडानमा सैन्य ‘कू’ विरोधी प्रदर्शन बढ्दै, ५ को मृत्यु

खार्तम — सुडानमा सैन्य ‘कू’ को विरोधमा हजारौं मानिस सडकमा प्रदर्शन गर्ने क्रम जारी छ । गत महिना भएको ‘कू’ को विरोध गर्दै सडकमा उत्रिने क्रम बढ्दोछ ।

प्रदर्शनको क्रममा सुरक्षाकर्मीबाट कम्तीमा पाँचजना प्रदर्शनकारी मारिएका छन् । अरु दर्जनौं मानिस घाइते भएका छन् ।

राजधानी खार्तम र आसपासका सहरमा सुरक्षाकर्मीले प्रदर्शनकारीलाई लक्षित गर्दै गोली प्रहार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

राजधानी खार्तमका नजिकैका सहर बाहरी र ओमदुरमानमा सुरक्षाकर्मीले बुधबार गोली प्रहार गर्नुका साथै ठूलो मात्रामा टियर ग्यास प्रहार गरेको थियो ।

यस क्षेत्रमा भीडभाड बढ्नसक्ने भन्दै सरकारले सञ्चार सेवासमेत काटेको छ । यद्यपि पछिल्लो केही सातादेखि नै प्रदर्शन बढ्दो मात्रामा रहेको बताइएको छ ।

ताजा समाचार