प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र उनले तोकेको इजलासमा सहभागी नहुन आग्रह गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुलाई छुट्टाछुट्ट चिठी पठाएको छ ।
बार महासचिव लीलामणि पौडेलले सबै न्यायाधीशलाई पत्र पठाएको बताए । उनले भने, ‘प्रधानन्यायाधीशमाथि हामीले गम्भिर आरोप लगाएर उहाँको राजीनामा माग गरिएकाले उहाँले तोकेको इजलासमा नबस्न र मुद्दाको सुनुवाई नगर्न माग गरेर अनुरोध सहित पत्र पठाएको हो ।
सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषीराम घिमिरेका अनुसार, चिठीमा प्रधानन्यायाधीशमाथि आरोप लागेकाले उनले तोकेको इजलासमा संलग्न नभई उनलाईं सअहयोग गर्न सबै न्यायाधीशहरुलाई अनुरोध गरिएको हो । प्रधानन्यायधीश जबरालाई भने चिठी नपठाइएको बार महासचिव पौडेलले बताए । उनले भने, ‘उहाँको राजीनामा माग गरेर हामी आन्दोलित भएका छौं । उहाँलाई किन चिठी चाहियो र ?’