टोकियो
जापानको १०० औं प्रधानमन्त्रीमा किसिदा फुमियो निर्वाचित भएका छन ।
राजधानी टोकियोमा आज दिउसो भएको निर्वाचनमा ३ सय ११ मत प्राप्त गरी प्रधानमन्त्रीमा ६४ बर्षीय किसिदा फुमिओ निर्वाचित भएका हुन ।अघिल्लो महिनाको २९ गते सम्पन्न लिबरल डेमोक्र्याटिक पार्टीको अध्यक्षमा निर्वाचित भएका किसिदा सोमबार भएको निर्वाचनबाट प्रधानमन्त्रीमा निर्वाचित हुन सफल भएका हुन् ।
४५८ भोट रहेकोमा संवैधानिक प्रजातान्त्रिक पार्टीका युकियो एडानोले १२४, निप्पोन इशिननो काईकोका तोरानोसुके काटायामाले ११, डेमोक्रेटिक पार्टी फर पिपुल्सका युचिरो तामाकीले ११ र डेमोक्रेटिक पार्टीका साने ताकाइचीले १ मत प्राप्त गरेका थिए ।