बेलायत र युरोपले देखे ३० वर्षयताकै सानदार सूर्यग्रहण 

बेलायत र युरोपका मानिसहरूले झन्डै ३० वर्षपछि बुधबार सानदार सूर्यग्रहण देख्न पाएका छन्।

बीबीसीका अनुसार ग्रिनल्यान्ड, आइसल्यान्ड र स्पेनका केही भागबाट पूर्ण सूर्यग्रहण देखिएको थियो। 

ती ठाउँमा केही समय अन्धकार नै छाएको थियो। जसले गर्दा मानिसहरूले अद्‌भुत दृश्य अनुभव गरे।

बेलायतका मानिसहरूले भने सूर्यग्रहण आंशिक रूपमा देखे।

खगोलीय नियमअनुसार चन्द्रमा पृथ्वी र सूर्यको बिचबाट पार हुँदा सूर्यको आंशिक वा पूर्ण प्रकाश पृथ्वीसम्म पुग्न पाउँदैन। जसका कारण सूर्यमा ग्रहण लाग्छ। सूर्यग्रहण लाग्न चन्द्रमा, सूर्य र पृथ्वी एउटै सिधा रेखामा आउनुपर्छ।

बुधबारको सूर्यग्रहण नेपालबाट भने देखिएन। 

ताजा समाचार