प्रधानमन्त्री बालेन शाहले सुनसरी, सिरहा लगायत देशका पूर्वी जिल्लाहरूमा उत्पन्न तनावबारे राष्ट्रका नाममा सम्बोधन गरेका छन्।
परिस्थिति सामान्य बनाउन र थप अप्रिय घटना हुन नदिने प्रयास भइरहेको बताएका छन्।
दोषीलाई कडा कारबाही गर्न छानबिन समिति गठन गरिएको र यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने उनले विश्वास दिलाएका छन्।
घटनामा संलग्न जो कोही भए पनि कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको उनले बताएका छन्।
उनले घाइतेहरूको उपचारमा कुनै प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइएको पनि बताएका छन्।