फ्रान्सलाई हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा

स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ।

सेमिफाइनल खेलमा फ्रान्सलाई २–० गोलले हराउँदै २०१० को विजेता स्पेनले फाइनलको टिकट काटेको हो।

स्पेनको जितमा मिकेल ओयार्जाबल र पेड्रो पोर्रोले गोल गरे। २२ औं मिनेटमा ओयार्जाबलको पेनाल्टी गोलबाट स्पेनले सुरुआती अग्रता लिएको थियो।

५८ औं मिनेटमा पेड्रोले गोल थप्दै स्पेनको अग्रता दोब्बर पारे। त्यसपछि खेलमा थप गोल भएन र स्पेन विजयी बन्यो। स्पेनले फाइनलमा अर्जेन्टिना र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ।

ताजा समाचार