फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।
क्वाटरफाइनलको खेलमा मोरक्कोमाथि २–० को जितसहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो।
फ्रान्सको जितमा किलियन एम्बाप्पे र ओस्मान डेम्बेलेले एक–एक गोल गरे। खेलको ६० औं मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।
जारी विश्वकपको उनको यो आठौं गोल हो। यस्तै, विश्वकप करिअरमा उनको २० खेलमा २० औं गोल हो।
त्यसको छ मिनेटपछि डेम्बेलेले गोल गर्दै अग्रता दोब्बर पारे। अब फ्रान्सले सेमिफाइनलमा बेल्जियम वा स्पेनमध्ये एकसँग खेल्नेछ।