रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए । शपथ समारोहमा प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाह भने सहभागी भएनन् ।

चितवनमा भएको पहिलो महाधिवेशनबाट ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । सभापति लामिछानेले भने महाधिवेशनस्थलै शपथ लिएका थिए। शपथग्रहणपछि आजै केन्द्रीय समिति बैठक बस्ने तयारी छ।

ताजा समाचार