जर्मनीलाई पेनाल्टी सुटआउटमा हराउँदै पाराग्वे अन्तिम १६ मा

पाराग्वे फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।

जर्मनीलाई पेनाल्टी सुटआउटमा ३–४ गोलले हराउँदै पाराग्वेले अन्तिम १६ मा स्थान बनाएको हो।

निर्धारित समय र अतिरिक्त समयसम्म खेल बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरमा पुगेको थियो। जहाँ जर्मनीका तीन खेलाडी गोल गर्न चुके।

अब पाराग्वेले अन्तिम १६ मा फ्रान्स र स्विडेनबीचको विजेतासँग खेल्नेछ।

ताजा समाचार