फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’मा घानासँग जित निकाल्दै क्रोएसियाले नकआउट चरणको यात्रा सुरक्षित गरेको छ । आइतबार सम्पन्न खेलमा क्रोएसियाले घानाविरुद्ध २–१ गोलअन्तरले जित निकालेको हो ।
यो खेलमा क्रोएएसियाले ३१ औं मिनेटमा अग्रता लिएको थियो । क्रोएसियाका लागि पिटर सुसिकले गोल हानेका थिए ।
यस्तै, ७३ औं मिनेटमा घानाका डेरिक लक्कासेनले गोल प्रहार गर्दै खेल बराबरीमा ल्याएका थिए ।
त्यसपछि ८३ औं मिनेटमा निकोला भ्लासिकले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाएका थिए । त्यही गोल अन्तिम समयमा निर्णायक रह्यो ।
यो जितसँगै समूह ‘एल’मा क्रोएसियाले एक हार र दुई जित खेल्दै ६ अंक जोडेर उपविजेता भयो । यो समूहमा ७ अंक जोडेको इंग्ल्यान्ड समूह विजेता बन्यो । इंग्ल्यान्डले आइतबार भएको अर्को खेलमा पानमालाई हराउँदै समूह विजेता बनेको हो ।