स्पेन समूह विजेता बन्दै नकआउट चरणमा, पूर्व विजेता उरुग्वे समूह चरणबाटै बाहिरियो

एलेक्स बाएनाको एक मात्र गोल मदतमा उरुग्वेलाई १-० ले पराजित गर्दे स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

यो जितपछि स्पेन समूह आईमा ७ अंक जोडेर समूह विजेता बनेको छ ।

दुई पुर्व विजेताबीचको खेलमा उरुग्वेका लागि समुह चरण पार गर्न जित निकाल्नुपर्ने बाध्यता थियो । समूहको अर्को खेलको नतिजा आफु अनुकल भएमा बराबरी पनि पर्याप्त हुन सक्थ्यो ।

तर उरुग्वेका लागि स्पेनसँगको हार नै महँगो पर्‍यो । समूहमा दुई बराबरी र एक हारबाट उरुग्वेको २ अंकसहित तेस्रो स्थानमा रह्यो । अर्को खेलमा केप भर्डेले साउदी अरेबियासँग गोलरहित बराबरी खेलेपछि केप भर्डे विश्वकप डेब्युमे समहु चरणमा अपराजित रहेर नकआउट चरणमा प्रवेश गरेको छ ।

ताजा समाचार