टोकियो । विदेशमा रहेका गैर आवासीय नेपालीहरुको लगानीमार्फत नेपालको आर्थिक विकास गर्ने उद्देश्यले ‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी’ले जापानको टोकियोमा सम्भावित लगानिको क्षेत्रहरु र लगानीको बारेमा अन्तरक्रिया सम्पन्न गरेको छ ।

कार्यक्रममा कम्पनीका अध्यक्ष महेश कुमार श्रेष्ठले गैरआवासीय नेपालीहरुको सानो–सानो पुँजीलाई एकत्रित गरेर ठूला र गौरवका आयोजनामा लगानी गर्ने लक्ष्य रहेको जानकारी दिदै गैरआवासीयहरुको पहिलो सामुहिक लगानीको लागि कम्पनी कानुनि अनुमती सहित ठोस योजना सहित सार्वजानिक गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा जापानमा रहेका विभिन्न क्षेत्रका व्यवसायी, बुद्धिजीवी तथा सर्वसाधारण नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरुले सामूहिक लगानीको अवधारणालाई स्वागत गर्दै लगानीको सुरक्षा र सरकारी नीतिबारे जिज्ञासा राखेका थिए ।
साथै कार्यक्रममा सहभागी केही व्यवसायीहरुले सामूहिक लगानी मार्फत राष्ट्रिय गौरवका आयोजनामा साझेदारी गर्न तयार रहेको र कम्पनीको उद्देश्य, लगानीको क्षेत्र, सम्भावनालगायतका विषयमा केन्द्रीत रहेर आइतबार जापानमा एक कार्यक्रम सम्पन्न गरिएको कम्पनिका निर्देशक एवं एनआरएनए वरिष्ट उपाध्यक्ष रोविन शेरचनले जानकारी दिनुभएको छ ।
