सहयोगि छवि बनाएकी संचारकर्मि बाबा राजेश्वरी थापाले एनआरएनए युरोप क्षेत्रीय महिला संयोजक पदमा उम्मेदवारी घोषण

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि युरोप क्षेत्रीय महिला संयोजक पदमा बाबा राजेश्वरी थापाले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।

युरोप क्षेत्रमा नेपालीहरु माझ सरल र सहयोगि परिचय बनाएकि थापा संचारकर्ममा पनि लामो समयदेखि सक्रिय रहेकि छन । थापाले डायस्पोराका विभिन्न मुद्दाहरूमा सक्रिय रहँदै आएकी थापाले विशेष गरी महिलाहरूको हक, अधिकार, समानता र सशक्तिकरणलाई आफ्नो मुख्य एजेन्डा बनाएकी छन्। 

उम्मेदवारी घोषणा गर्दै उनले युरोपमा रहेका नेपाली श्रमिक महिलाहरूको हकहितको रक्षा गर्ने र आवाजविहीन दिदीबहिनीहरूका लागि आफू एउटा सशक्त आवाज बन्ने प्रतिबद्धता व्यक्त गरिन् । 

आफ्नो उम्मेदवारीलाई दृढतापूर्वक अघि बढाउँदै थापाले यस अभियानलाई सफल बनाउन सम्पूर्ण युरोपवासी गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग अमूल्य साथ, सुझाव र विश्वासको अपेक्षासमेत राखेकी छन्।

थापाले एनआरएनए युरोप क्षेत्रीय महिला संयोजक पदमा गर्नु भएको घोषण

आदरणीय गैर आवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,

म, बाबा राज्श्वरी थापा, गैर आवासीय नेपाली संघ (NRNA) को युरोप क्षेत्रीय महिला संयोजक पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दै यहाँहरू सबैसमक्ष उपस्थित भएकी छु।
म लामो समयदेखि डायस्पोराका विभिन्न मुद्दाहरूमा आफ्नो आवाज उठाउँदै आएकी छु। विभिन्न प्लेटफर्ममार्फत विशेष गरी महिलाहरूका हक, अधिकार, समानता र सशक्तिकरणका विषयमा निरन्तर बोल्दै र काम गर्दै आएकी छु। युरोपमा रहेका नेपाली श्रमिक महिलाहरूका हकहित र आवाजविहीन दिदीबहिनीहरूका लागि एउटा सशक्त आवाज बन्ने जिम्मेवारी म आत्मसात् गर्नेछु।
मेरो प्रतिबद्धता स्पष्ट छ —
युरोपमा टुटेका मनहरू जोड्ने, आपसी समझदारी र सहकार्य बढाउने, र सम्पूर्ण डायस्पोरालाई एकताबद्ध, सशक्त र संगठित बनाउने।
महिलाहरूको सम्मान, सहभागिता र नेतृत्व सुनिश्चित गर्दै न्यायपूर्ण, समावेशी र उत्तरदायी संगठन निर्माणतर्फ म पूर्ण रूपमा समर्पित रहनेछु।
यहाँहरूको अमूल्य साथ, सुझाव र विश्वासको अपेक्षा राख्दै,
म आफ्नो उम्मेदवारी दृढतापूर्वक घोषणा गर्दछु।

धन्यवाद।

बाबा राजेश्वरी थापा
उम्मेदवार
महिला संयोजक (युरोप)
गैर आवासीय नेपाली संघ (NRNA)

ताजा समाचार