आत्मविश्वास र सकारात्मक सोच बढाउन महानायक राजेश हमालले जापानको प्रमुख शहरमा कार्यक्रम गर्ने

टोकियो। नेपाली चलचित्रका सफल एवं महानायकको उपाधि प्राप्त गरेका राजेश हमालको सहभागितामा एनआरएनए जापानले जापानका ठुला पांच शहरहरुमा विशेष कार्यक्रमको आयजना गर्ने भएका छन ।

जापानमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षितगरी प्रेरणा, आत्मविश्वास र सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्य सहित नेपाली चलचित्रका महानायक उपाधी पाएका राजेश हमालको सहभागितामा जापानका प्रमुख ५ शहरमा “सपना, साधना र सफलता : युगदेखि युगसम्म” शीर्षकमा सञ्चालन हुने एनआरएनए जापानका प्रवक्ता रविन शर्माले जानकारी दिनुभएको छ ।

फेब्रुअरी ११ तारिक बुधबार टोकियोको नाकानो जिरोहलबाट शुरुहुने विशेष कार्यक्रम शिजुओकामा फेब्रुअरी १४,नागोया फेब्रुअरी १५, ओसाका (कान्साइ क्षेत्र) फेब्रुअरी १७ र फुकुओका फेब्रुअरी १९ तारिक हुने भएको छ । कार्यक्रममा महानायक हमालले आफ्नो जिवनका अनुभव साधना, संघर्ष र सफलताका साथमा उनले लेखेका पुस्तक “युगदेखि युगसम्म” उपलब्ध गराइने व्यवस्था गरिएको छ।

आयोजक एनआरएनए जापानले सबै जापानबासी नेपालीहरुलाई निशुल्क प्रवेशको ब्यवस्था रहेको कार्यक्रममा सहभागिताका लागि अनुरोधगरेको छभने अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) जापान सह–आयोजक रहेको छ ।

ताजा समाचार