नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत विभिन्न स्थानबाट जुलुस निस्कने क्रम सुरू भएको छ।
बिहान साढे ११ बजेदेखि शंकरदेव क्याम्पस, रत्नपार्क लगायतका क्षेत्रबाट जुलुस निस्कने क्रम सुरू भएको हो।
कुपन्डोलसहित विभिन्न ६ ठाउँबाट निस्केर जुलुस भृकुटीमण्डप पुग्नेछ।
भृकुटीमण्डपमा भने अहिले प्रतिनिधिहरूको नाम दर्ता भइरहेको छ।
नाम दर्ताका लागि प्रतिनिधिहरू लाइनमा छन्।