राष्ट्रिय सभामा कांग्रेससँग तालमेल गर्ने एमाले निर्णय, उम्मेदवार छान्ने जिम्मा ओलीलाई

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा एमालेले नेपाली कांग्रेससँग तालमेल गर्नेबारे छलफल  भइरहेको जनाएको छ । पार्टी उपमहासचिव लेखराज भट्टले आजको सचिवालय बैठकमा यसबारे अध्यक्ष ओलीले जानकारी गराएको बताए ।

‘अध्यक्षलाई नै उम्मेदवार टुंग्याउने जिम्मा दिने निर्णय भएको छ । सातैवटा प्रदेशमा एक/एक जना उम्मेदवारी दिने गरी कांग्रेससँग छलफल भइरहेको छ’ उनले भने । राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता भोलि हुँदैछ ।

ताजा समाचार