कांग्रेस महाधिवेशन अब वैशाखमा, २८-३१ गतेसम्म गर्ने प्रस्ताव पारित

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको १५ औँ महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको छ ।

केन्द्रीय कार्यसम्पादन समिति बैठकले खड्काले प्रस्तुत गरेको प्रस्ताव पारित गरेको प्रवक्ता डा. प्रकाशशरण महतले नेपाल प्रेससँग बताए ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने पुस २६ को महाधिवेशन कार्यतालिका प्रभावित भएपछि विशेष महाधिवेशन गर्नुपर्ने अडान लिइरहेका छन् । उनीहरुले विशेष महाधिवेशन गर्नको लागि हल समेत बुक गराइसकेका छन् ।

तर आज बसेको बैठकले बहुमतको आधारमा महाधिवेशनको कार्यतालिका परिवर्तन गरेको हो। यो प्रस्ताव पारित भएसँगै देउवा नेतृत्वको कार्यसमितिको म्याद जेठ मसान्तसम्म थप्न भएको छ ।

ताजा समाचार