विदेशमा बस्ने नेपालीको सहयोगमा मुस्ताङका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमान्डौ

युरोपमा कर्म गरिरहेका नेपालीहरुको सहयोगमा मुस्ताङको हिमाली क्षेत्र थसाङ गाउँपालिका–४, झिप्रामा अवस्थित अन्नपूर्ण प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई अध्यनमा सहयोग एवं प्रोत्सनका लागि शैक्षिक सामग्री वितरण गरिएको छ ।

युरोपको जर्मनी, बेलायत र पोर्चुगलमा कार्यरत नेपालीहरुको आर्थिक सहयोगमा अन्नपूर्ण प्राविका ३२ जना बालबालिकालाई विद्यालय झोला तथा कापी, कलमलगायत स्टेशनरी सामग्री एवं खेलकुद सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ। सहयोग गर्ने दाताहरु कृष्ण प्रसाद गौतम (जर्मनी), स्पन्दन विनोद (बेलायत) लोक बहादुर तामाङ (पोर्चुगल) ले सहयोग गरेको र ति सहयोगलाई जर्मन बस्ने रेखा नेपालीको संयोजनमा सामग्री एमजे क्लबका सदस्य सफल परियारले हस्तान्तरण गरेका थिए ।

आर्थिक रूपमा कमजोर तथा न्यून आय भएका परिवारका ३२ जना विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिएको हो । 

ताजा समाचार