टोकियो । विगत तिन दशक देखि जापानमा बसोबास गर्ने तमू(गुरुङ) जातिका लगायत जापानबासी नेपालीहरुका विच क्रियासिल तमूधीं जापानको यहि डिसेम्बर २१ तारिक २१औँ अधिवेशनको तयारी पुरा भएको तमूधीं जापानले जानकारी दिएको छ ।
प्रवाशमा पनि गुरुङ भाषा, गुरुङ संस्कार, संस्कृति तथा पहिचान संरक्षणको विषयमा विविध कार्यक्रम संचालन गर्दै आईरहेको तमूधीं जापान, जापानमा रहेका एकल जातिय सस्था सहित जापानमा रहेका सामाजिक सस्थाहरुमा ३० बर्ष पुरा गर्ने थोरै सस्थामाहरुमा पर्ने गर्दछ ।
सन् १९९५ मा स्थापना भएको तमू धीँ जापानले दशकौँदेखि जापानमा बसोबास गर्दै आएका गुरुङहरू विच सामाजिक, सांस्कृतिक र भाषिक पहिचान जोगाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छभने स्वदेशका लागि आवस्यक पर्दा पहिलो पक्तिमा सक्रियताका साथमा क्रियासिल भईरहेको तमूधीं जापानका अध्यक्ष हिमाली तमुले बताउनु भयो ।
हरेक दुई वर्षमा नयाँ नेतृत्व चयन गर्ने परम्पराअनुसार २१औँ अधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रियाका लागि संरक्षक ओम गुरुङ संयोजक रहको पाँच सदस्यीय निर्वाचन समितिले विघान अनुसार पक्रिया अगाडी बढाएको छ । समितिको उपसंयोजकमा हर्क गुरुङ तथा गिरीप्रसाद गुरूङ, भीम गुरूङ र रमेशकुमार गुरूङ सदस्य तोकिएको महासचिव विनय गुरुङले जानाकारी दिएका छन ।

अधिवेशनबाट एक जना अध्यक्ष, एक महिला अनिवार्यसहित चार जना उपाध्यक्ष, विघानमा पहिलो पटक क्षेत्रिय उपाध्यक्ष सहित महासचिव , सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रवक्ता एक जना, सदस्यसहित २१ सदस्यीय कार्यसमिति चयन हुने छ।
तमू धीँ जापानमा तिन क्षेत्रिय समिति सहित १ सय भन्दा बढी आजिवन सदस्यहरु रहेका छन ।