को हुन् नवनियुक्त ४ मन्त्री ?

श्रद्धा श्रेष्ठ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी पाएकी श्रद्धा श्रेष्ठ नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक हुन् ।

उनी पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघको संयुक्त परियोजना ‘दिगो पर्यटन परियोजना’ (एसटीपी) की राष्ट्रिय परियोजना संयोजक पनि हुन् ।

काठमाडौंकी श्रेष्ठ पर्यटन बोर्डमा २४ वर्षदेखि कार्यरत छिन् । उनले अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीबाट आर्थिक विकास अध्ययन गरेकी छिन् । उनी फुलब्राइट फेलो पनि हुन् ।

कुमार इङ्नाम

इङ्नामलाई भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी काठमाडौं स्कूल अफ ल का प्राध्यापक कुमार इङ्नाम फौजदारी कानूनका विशेषज्ञ हुन् ।

उनले २५ वर्षदेखि त्यहाँ अध्यापन गराइरहेका छन् । २०४६ सालमा इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट अध्यापन शुरु गरेका उनका कैयौ शोधग्रन्थ प्रकाशित छन् ।

उनी नेपाल लगायत कैयौ मुलुकमा अतिथि प्राध्यापकको रुपमा संलग्न छन् । उनका दर्जनौ, पुस्तक, शोधन र अनुसन्धानात्मक लेख प्रकाशित छन् ।

प्राज्ञिक पृष्ठभूमीका इङनामलाई सरकारले भूमी व्यवस्था मन्त्रालयको जिम्मेवारी दिन लागेको हो ।

राजेन्द्रसिंह भण्डारी

भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी पूर्व एआईजी हुन् । नेपाल प्रहरीको अतिरिक्त महानिरिक्षक पदबाट अवकाश भएका थिए ।

उनी नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबी)का संस्थापक प्रमुख समेत हुन् ।

उनी पछि नेपाल प्रहरी अध्ययन प्रतिष्ठानको पनि प्रमुख भए । उनी आफ्नो कार्यकालमा अनुसन्धानमा पोख्न प्रहरी अधिकारीको रुपमा चिनिन्थे ।

माधव चौलागाईं

चौलागाईंलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । उलेखक एवं अनुसन्धानकर्ता माधव चौलागाई कर्णालीसम्बन्धी अध्ययन र अनुसन्धानमा पोख्त छन् ।

उनले कर्णालीको इतिहास, संस्कृति, समाज र विकासका वारेमा लेखन गरिरहेका छन् । उनी कर्णाली उत्सव छलफल अभियान चलाइरहेका छन् । उनी जनस्वास्थ्य र ग्रामिण विकासको विषयमा रुची राख्छन् ।

ताजा समाचार