देउवा-ओली भेटलगत्तै संसद पुनर्स्थापनाको मुद्दा लिएर कांग्रेस पनि गयो अदालत

काठमाडौं । प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापनाको माग लिएर नेपाली कांग्रेस पनि सर्वोच्च अदालतमा गएको छ ।

कांग्रेसको तर्फबाट रिट दर्तालगायतको कानूनी संयोजन पूर्व महान्यायाधिवक्ता खम्म खातीलाई दिइएको तत्कालीन मुख्य सचिव श्याम घिमिरेले नेपाल प्रेसलाई बताए ।

सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएलगत्तै कांग्रेसले एमालेकै लाइनमा पुनर्स्थापनाको मुद्दा लगेको हो ।

कांग्रेसको तर्फबाट विघटित प्रतिनिधि सभाका संसदीय दलका प्रमुख सचेतक घिमिरे र सचेतक सुशीला थिङसहित ८ जना सांसद निवेदक बनेर रिट गएको हो । दर्ताका लागि सोमवारमात्र समय दिएको खातीले बताए ।

ताजा समाचार